
Score Your Goal
Win exciting gift items for 8 weeks with every Dark Forest Lucky Draw Coupon. Winners will be announced via Facebook Live every Sunday starting 27 May !
माछापुच्छ्रे डिस्टिलरी पूर्वी नेपालको झापा जिल्ला, हाल झापा गाँउपालिका साबिक शरणामती–६ मा अवस्थित छ । माछापुच्छ्रे (अङ्गे्रजीमा फिसटेल) हिमालको नामबाट यसको नामकरण गरिनुले नै नेपाली प्रकृति, हिमाली संस्कृति, सभ्यता र सौन्दर्यप्रतिको अगाध आस्था, विश्वास र प्रेम झल्किएको छ ।
नेपाल र नेपालीको चिनारी बोकेको एक सुन्दर अनि पवित्र हिमालको नामको उच्चारण गर्न पाउनु, यसलाई प्रत्येक नेपालीका घर घरमा पुर्याउनु र देशमा मात्र नभएर विदेशमा पनि यसलाई परिचित गराउनु हाम्रो भावनात्मक लक्ष्य हो । यसको प्रचार–प्रसारमा पर्यटकीय गन्तव्य पनि अभिव्यञ्जित भएको छ । यो हाम्रो अघोषित रहर पनि हो । तर डिष्टिलरी भन्नासाथ भावनात्मक कुरामा सीमित हुन भने सक्दैन ।
देशको संविधान, राज्यले निर्धारण गरेका ऐनकानुन, सामाजिक मर्यादा र जनस्वास्थ्यप्रति अत्यन्त सचेत र इमानदार रहेर वैधानिक आचरणलाई नमिची मान्छेको अनौपचारिक जीवनलाई उल्लासमय परिवेशमा रुपान्तरण गर्ने लक्ष्यका साथ जुनसुकै देशमा पनि डिष्टिलरीहरु सञ्चालन हुने गर्दछन् । माछापुच्छ्रे डिष्टिलरी पनि त्यही मर्यादाभित्र रहेर सञ्चालन हुँदै आएको निजी उद्योग हो ।
ह्विस्की, भोड्का, रम तथा जीनका पारखीहरुका लागि यसले वर्गअनुसारको सहज अनि सरल मूल्यमा स्वादिष्ट अनि गुणस्तरीय उत्पादनहरु उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । सम्पूर्ण उपभोक्ताहरूको सन्तुष्टि नै हाम्रो प्रमुख उद्देश्य रहेको छ । यसले हाल ४० र ५० यु.पी.का गुणस्तरीय उत्पादनहरु जस्तै पासवर्ड, डार्क फरेष्ट, इम्प्याक्ट, जिग्री, सेल्फी, जुम्बा, चरीचुच्चे च, मिक यु आदिको नेपाली बजारमा बिक्रीवितरण गरी अल्कोहलका पारखीहरुलाई उत्कृष्ट स्वाद पस्कन सफल भएको छ । साथै निकट भविष्यमा नै देशविदेशमा समेत निर्यात गर्ने उद्देश्यसहित हिमालयको कञ्चन पानीको उपयोग गरी २५ र ३० यु.पी.का उच्च गुणस्तरीय ह्विस्की, भोड्का, रम तथा जीनको उत्पादन गर्न तत्पर रहेको कुरासमेत जानकारी गराउन पाउँदा हामीलाई हर्षबोध भएको छ । आजको दुनियाँमा मर्यादित मनोरञ्जन, उल्लासमय अनौपचारिक जीवन र फुर्सदको आनन्दमय सदुपयोग स्वाभाविक मानिन्छ । अल्कोहलको उचित एवं मर्यादित प्रयोग मानव जीवनका लागि आनन्द, उल्लास तथा मनोरञ्जनका लागि सहयोगी सिद्ध हुँदै आएको छ । यो अराजकता, उच्छृङ्खलता, समाज विखण्डन तथा पारिवारिक तनावको विषय बन्नु हुँदैन भन्ने कुरामा हामी अत्यन्त सचेत छौँ । मानव जीवनमा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मदिराजन्य वस्तुको उत्पादन शुद्ध र अत्यन्त गुणस्तरीय हुनुपर्छ र बिक्रीवितरण कानुनी मर्यादाअनुकूल हुनुपर्छ भन्ने कुरामा हामी प्रतिबद्ध छौँ ।
माछापुच्छ्रे डिष्टिलरी उत्पादन र बिक्रीवितरण सम्बन्धी उल्लिखित विचार र दर्शनप्रति सदैव गर्व गर्दछ । यही हाम्रो अविचल निष्ठा हो, व्यापारिक इमानदारिता हो र देश तथा जनताप्रतिको नैतिक दायित्व हो ।
यिनै मर्यादाभित्र रहेर उत्पादन गरिएका माछापुच्छ्रे डिष्टिलरीका हरेक उत्पादनहरु तपाईंको प्रत्येक रमाइलो पलका साथी बन्न सफल भएकामा हामी गौरवान्वित छौँ । साथै समाज, स्वास्थ्य र परिवारप्रति सचेत रहेर तपाईंले हामीलाई निरन्तर साथ र सहयोग प्रदान गर्नुहुने छ भन्ने आत्मविश्वासका साथ हाम्रा हरेक उत्पादनहरु सगौरव प्रस्तुत गर्दछौँ ।
Win exciting gift items for 8 weeks with every Dark Forest Lucky Draw Coupon. Winners will be announced via Facebook Live every Sunday starting 27 May !
FESTIVAL with a blend of Music, Art & Colors. Lets make this Holi a lot bigger with Lord SHIVA's Blessings & Bhaang. Lets do Taandav on this Holi & lets get Crazy!
DARK FOREST / IMPACT MEGA DRAW will be live on News 24 Television on February 3, 2018, 4:00 PM onwards. Keep on tuning .
We have a rich collections of elite liquors and regularly restock it and add new items to our assortment. We sell exclusive beverages either to individuals, commercials, supermarkets and wholesale buyers.
All our beverages are throughly inspected and tested before supply.
We ship all over Nepal as well as overseas. It takes 3-5 business days for package to be delivered right to your doors within Nepal.
Prices on our products are fair and affordable. You will be gladly surprised once you get your package delivered!